३ वटा मुद्दामा फरार प्रतिवादी पक्राउ
सोमबार, २४ मङ्सिर २०८१, २० : ०६
काठमाडौँ । विभिन्न ३ वटा मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिका–७ घर भएका ४२ वर्षीय लाल बहादुर तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
तामाङविरुद्ध काभ्रे जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग, ललितपुरबाट ठगी सम्बन्धी कसुर र वैदेशिक रोजगार न्यायाधीकरणबाट वैदेशिक रोजगार सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।
उनलाई कारवाहीका लागि सम्बन्धित अदालतमा उपस्थित गराइने एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण