रोहितको रन वर्षा जारी, लुम्बिनीद्वारा १ सय ६८ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट फर्म जारी राख्दा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको हो ।
कप्तान पौडेलले टोलीका लागि अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८० रनको योगदान दिए । ५७ बलको इनिङ्समा रोहितले ६ चौका र ५ छक्का प्रहार गरे ।
उनको यो दोस्रो अर्धशतक हो । यसअघि चितवनका रवि बोपाराले मात्र प्रतियोगितामा दुईवटा अर्धशतक बनाएका थिए ।
रोहितले यसअघि पोखरा एभेन्जर्सको विरुद्धमा ९५ रन बनाएका थिए । जारी प्रतियोगितामा रोहित सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनले ५ खेलमा २ सय ६१ रन बनाएका छन् ।
त्यस्तै, साद बिन जाफरले पनि अर्धशतक बनाउँदै ५२ रनको योगदान दिए । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
_mGRG1D5GEN.jpg)
खेलमा लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन । रिजन ढकालले घातक बलिङ गर्दा टोलीले दोस्रो ओभरमा १ रनको स्थितिमा दुई विकेट गुमाएको थियो । आशुतोष घिरैया १ रन र उन्मुक्त चन्द शून्य रन बनाएर आउट भए ।
अर्का ओपनर अर्जुन साउदले कप्तान पौडेलसँग मिलेर लुम्बिनीको इनिङ्स सम्हाल्दै गर्दा उनी पनि १२ बलमा १५ रन जोडेर आउट भए । उनले १ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै, टम मुर्सले ५ बलमा १० रन जोडे । त्यसपछि रोहित र जाफर मिलेर शतकीय साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरतर्फ डोर्याए ।
चितवनका लागि रिजन ढकालले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २९ रन खर्चिए ।

त्यस्तै, कुशल मल्ल र रञ्जित कुमारले एक–एक विकेट हात पारे । प्रतियोगिताका सर्वाधिक विकेट लिने सोहेल तनवीरले भने कुनै विकेट लिन सकेनन् । उनले ४ ओभरमा २७ रन खर्चिए ।
लुम्बिनी हालसम्म प्रतियोगितामा जितविहीन रहेको छ । ४ खेल खेलेको टोली चारै खेलमा पराजित भएको छ । शून्य अङ्क बटुलेको टोली अङ्क तालिकामा पुछारमा रहेको छ ।
उता, चितवनले ४ खेलमध्ये ३ खेलमा जित र १ खेलमा हार बेहोरेको छ । टोली ६ अङ्क बटुल्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण