पौडी टोलीको बिदाइ
मङ्गलबार, २५ मङ्सिर २०८१, १२ : ५७
काठमाडौँ । विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा सहभागी हुन पौडी टोली हंगेरीको बुढापेस्ट जाने भएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबिच बिदाइ गरे ।
डिसेम्बर १० देखि १६ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल पौडी संघका सचिव गंगालाल गोलले जनाएका छन् । डुवाना भने हंगेरी पुगिसकेकी छन् ।
टोली प्रमुखमा दिलीप वैद्य, प्रशिक्षकमा रत्नलाल महर्जन तथा अफिसियलमा जगतमान श्रेष्ठ र जयप्रकाश भट्टराई रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण