पौडी टोलीको बिदाइ
मङ्गलबार, २५ मङ्सिर २०८१, १२ : ५७
![पौडी टोलीको बिदाइ](https://npcdn.ratopati.com/media/news/3_wqvbshcIJG.jpg)
काठमाडौँ । विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा सहभागी हुन पौडी टोली हंगेरीको बुढापेस्ट जाने भएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबिच बिदाइ गरे ।
डिसेम्बर १० देखि १६ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल पौडी संघका सचिव गंगालाल गोलले जनाएका छन् । डुवाना भने हंगेरी पुगिसकेकी छन् ।
टोली प्रमुखमा दिलीप वैद्य, प्रशिक्षकमा रत्नलाल महर्जन तथा अफिसियलमा जगतमान श्रेष्ठ र जयप्रकाश भट्टराई रहेका छन् ।