उर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरी सांसदहरुलाई वितरण
मङ्गलबार, २५ मङ्सिर २०८१, १७ : १२
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काविरुद्ध नेपाल स्काउटले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा दर्ता गरेको
उजुरी सांसदहरुलाई वितरण गरिएको छ ।
उक्त उजुरी मंगलबार बसेको समितिको बैठकमा सदस्यहरूलाई वितरण गरिएको हो ।
२०८० माघ १४ मा उजुरी दर्ता भएको उक्त उजुरी १० महिनापछि समिति सदस्यहरूलाई वितरण गरिएको हो ।
मन्त्री खड्का सञ्चालक रहेको खड्काल्यान्ड डेभलपमेन्ट प्रालिले भवन र जग्गा उपयोग गरेबापत ५ करोड रुपैयाँभन्दा बढी भाडा रकम नतिरेको भन्दै स्काउटले राज्यव्यवस्था समितिमा निवेदन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति