घाँस काट्न जाँदा सुचिनामाथि बलात्कार प्रयास, प्रतिकार गरेपछि हत्या
काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ स्थित मैखर्क जंगलमा घाँस काट्न जाँदा सुचिना घलेको हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । १८ वर्षीया सुचिनाको शव मंसिर १८ मा जंगलमा गाडेको अवस्थामा भेटिएको थियो ।
हत्यामा संलग्न आरोपमा स्थानीय ४२ वर्षीय मन शम्शेर गुरुङलाई पक्राउ गरिएको गोरखाका एसपी बासु पाठकले रातोपाटीलाई बताए । मंसिर १५ मा घाँस काट्न जाँदा मैखर्क जंगलमा सुचिनालाई भेटेपछि मन शम्शेरले बलात्कार प्रयास गरेको र सुचिनाले प्रतिकार गर्दा हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
हत्या गरेपछि खुर्पाले १ फिट गहिरो खाल्डो खनेर शव पुरेको आरोपीले स्वीकार गरेका छन् । उनी २२ मंसिरमा पक्राउ परेका हुन् ।
२०८१ वैशाखमा बारपाक घर भएका धन बहादुर गुरुङसँग विवाह गरेकी सुचिना र मन शम्शेरको बिचमा पूर्व चिनजान थिएन । दुवैजना घाँस काट्न गएको बेला जंगलमा भेट भएको एसपी पाठकले बताए । उनले भने, ‘बलात्कार प्रतिकार गर्दा दुईजनाको बिचमा हानाहान र कपाल तानातान भएको देखिन्छ ।’
सुचिना चिच्याएपछि घटनास्थलमा भेटिएको गोबर र माटो मुखमा कोचेर आरोपीले सुचिनाको हत्या गरे । एसपी पाठक भन्छन्, ‘मुखमा गोबर र माटो कोचेपछि थिचेर हत्या गरेको देखिन्छ ।’
हत्यापछि घरमा फर्केर मन शम्शेरले दुईपटक आत्महत्या गर्ने प्रयास गरे । झुण्डिएर र विष सेवन गरेर आत्महत्या प्रयास गर्दा उनलाई छोरी र पत्नीले रोकेका थिए । त्यसपछि ‘मेरो बयान’ शिर्षकमा उनले लामो नोट लेखे औँठाछाप लगाएर घरमा राखे । सो नोट बरामद गरिएको एसपी पाठकले बताए । नोटमा उनले आफूले हत्या गरेको स्विकारेका छन् । एसपी पाठक भन्छन्, ‘मैले गल्ती गरेँ भनेर ल्याप्चे लगाएको नोट हामीले बरामद गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण