सञ्जय दत्तले दिए गायिका स्मितालाई शुभकामना
मङ्गलबार, २५ मङ्सिर २०८१, २० : ५३
काठमाडौँ । केही दिन अगाडि विवाह बन्धनमा बाँधिएकी गायिका स्मिता दाहाललाई वैवाहिक जीवनको विभिन्न व्यक्तिहरूबाट शुभकामना मिलिरहेको छ । यस्तैमा बलिउड अभिनेता सञ्जय दत्तले पनि उनलाई वैवाहिक जीवनको शुभकामना दिएका छन् ।
अभिनेता सञ्जय दत्तले मंगलबार एक भिडियो सन्देश जारी गर्दै नवविवाहित जोडीलाई बधाई दिन छिट्टै नेपाल आउने बताएका छन् । दत्तको भिडियो स्मिताकी आमा गंगा दाहालले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छन् ।
स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग गत २१ गते काठमाडौँमा एक भव्य समारोहका बिच विवाह गरेकी हुन् ।
यसअघि सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गंगा दाहाललाई शुभकामना सन्देश पठाउँदै स्मितालाई विवाहको शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपकै अग्लो शिखर रुसको माउन्ट एल्ब्रुसमा पाँच पर्वतारोहीको मृत्यु
-
विद्युत् बक्यौता असुल्न सरकारलाई कसले रोक्यो ?
-
लमजुङमा धन्सारमाथि पहिरो खस्दा चार जना घाइते
-
पुरुषहरूमा पिसाब चुहिने समस्या कुन रोगको सङ्केत हो ?
-
सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो
-
काँकरभिट्टाबाट गत आर्थिक वर्षमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण