सञ्जय दत्तले दिए गायिका स्मितालाई शुभकामना
मङ्गलबार, २५ मङ्सिर २०८१, २० : ५३
काठमाडौँ । केही दिन अगाडि विवाह बन्धनमा बाँधिएकी गायिका स्मिता दाहाललाई वैवाहिक जीवनको विभिन्न व्यक्तिहरूबाट शुभकामना मिलिरहेको छ । यस्तैमा बलिउड अभिनेता सञ्जय दत्तले पनि उनलाई वैवाहिक जीवनको शुभकामना दिएका छन् ।
अभिनेता सञ्जय दत्तले मंगलबार एक भिडियो सन्देश जारी गर्दै नवविवाहित जोडीलाई बधाई दिन छिट्टै नेपाल आउने बताएका छन् । दत्तको भिडियो स्मिताकी आमा गंगा दाहालले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छन् ।
स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग गत २१ गते काठमाडौँमा एक भव्य समारोहका बिच विवाह गरेकी हुन् ।
यसअघि सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गंगा दाहाललाई शुभकामना सन्देश पठाउँदै स्मितालाई विवाहको शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संविधानको कमजोरी राजनीतिक हैन विज्ञले खोजेर संशोधन अघि बढ्नुपर्छ’
-
बढुवा भएका दुई एआईजीको पदस्थापन
-
ममता र इन्दुको विस्फोटक ब्याटिङ, कर्णालीसामु विशाल लक्ष्य
-
फिल्म ‘डोरी’को फष्टलुक्स सार्वजनिक
-
संसद्मा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन
-
ठाउँको ठाउँ जग्गा दिने सरकारी नीतिसँग झस्किए राष्ट्रपति !