साइबर मुद्दामा दुर्गा प्रसाईंलाई ५ वर्षभन्दा बढी कैद सजाय गर्न मागदाबी
काठमाडौँ । कम्बोडियाको एउटा टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको दाबी सार्वजनिक गरेका दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । काठमाडौँका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा बुधबार अदालतमा अभियोगपत्र दायर गरेका हुन् ।
प्रसाईंलाई विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा ५ वर्ष कैद र १ लाख जरिवाना गर्न मागदाबी गरिएको छ । सरकारी वकिलले उनलाई दफा (४७)को (२) अनुसार थप सजाय गर्नुपर्ने मागदाबी गरेका छन् । सो उपदफा अनुसार पटक–पटक साइबर सम्बन्धी कानुन उल्लंघन गर्नेलाई डेढी सजाय हुने कानुनी व्यवस्था छ । सो व्यवस्था अनुसार उनलाई ५ वर्ष र त्यसको डेढी सजाय हुनुपर्ने सरकारी वकिलको मागदाबी छ ।
विद्युतीय कारोबार सम्बन्धी प्रसाईंविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको यो तेस्रो मुद्दा हो । प्रधानमन्त्रीको लगानी सम्बन्धी कागजात आफूले तयार नगरेको र कम्बोडियाबाट नै एकजना नेपाली नागरिकले ह्वाट्सएपमा पठाएपछि सार्वजनिक गरेको प्रसाईंले बयान दिएका छन् । प्रसाईंलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने बहस बिहीबार उनको बयानपछि सुरु हुनेछ ।
३ वर्षभन्दा धेरै कैद सजाय हुनसक्ने मुद्दामा प्राप्त प्रमाणबाट पुष्टि हुने अवस्था आएमा थुनामा पठाउनुपर्ने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण