डलर साट्ने लोभ देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
बुधबार, २६ मङ्सिर २०८१, २० : ५१
काठमाडौँ । सस्तो मूल्यमा डलर साटिदिने लोभ देखाएर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका घर भएका ३७ वर्षीय विकाश श्रेष्ठ र ५५ वर्षीय दिल बहादुर श्रेष्ठ छन् । विक्रमलाई सूर्यविनायकबाट र दिल बहादुरलाई नलिन्चोकबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
उनीहरुले मंसिर १३ मा चाँगुनारायण नगरपालिका–४ स्थित डी गाउँमा बोलाएर मिना तामाङबाट ६ लाख ५० हजार लुटेका हुन् ।
ओखलढुंगा घर भएकी ४१ वर्षीया मिना तामाङले जग्गा बेचेको सूचना पाएका आरोपीहरूले निरन्तर पछ्याएर सस्तोमा डलर साटिदिने र सो डलर बेचेर महँगो मूल्य लिन सकिने प्रलोभन दिएर चाँगुनारायण बोलाएर लुटेका थिए । आरोपीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण