कुलपतिमाथि अनावश्यक हस्तक्षेप गरेको आरोप, उपकुलपतिमाथि ‘दुई नम्बरे’ को आरोप
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको साधारणसभा (नीति अधिवेशन) सम्पन्न भएको छ । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको सभामा कुलपति र उपकुलपतिमाथि विभिन्न खालका आरोप लागे ।
ओलीले विश्वविद्यालयमा अनावश्यक हस्तक्षेप गरेको आरोप खेपे भने उपकुलपति प्राडा केशरजंग बरालले ‘दुई नम्बरे उपकुलपति’ को आरोप खेपे । साधारणसभामा सदस्यहरूले डीन र क्याम्पस प्रमुखको नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको आरोप लगाए । सभा सदस्यहरूले डीन र क्याम्पस प्रमुख मेरिटोक्रेसीका आधारमा नियुक्त गर्न खोज्दा प्रधानमन्त्री र प्रधानमन्त्रीको दल नेकपा एमालेका नेताहरूको तर्फबाट हस्तक्षेप भएको बताए ।
त्यस्तै उपकुलपति बराललाई भने आफू दुई नम्बरमा सिफारिसमा परेर नियुक्ति भएको तर, अहिले मेरिटोक्रेसीको नाममा आफ्ना मान्छेलाई नियुक्त गर्न खोजेको आरोप लगाए । पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति बिराज अर्यालले मेरिटोक्रेसीको नाममा आफ्ना मान्छे भर्ती गर्न खोजेको आरोप लगाए ।
आरोपहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले जे सुकै विषय भए पनि प्रधानमन्त्रीले गरेको भन्दै भाष्य निर्माण भइरहेको बताए । ‘कतै बाढी पहिरो गयो भने प्रधानमन्त्रीका कारण गयो भन्छन् । कतै दुर्घटना भयो भने मेरै कारणले भयो भन्छन् । जस गरे पनि प्रधानमन्त्रीलाई आरोप नलगाई, प्रधानमन्त्रीलाई गाली नगरी चित्त नबुझ्नेहरू छन्,’ ओलीले भने, ‘सबै जना कानुनअनुसार चल्नुपर्छ । डीन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गर्यो भने पत्रिमामा समेत छापिएको छ । मेरो कुनै हस्तक्षेप छैन । उपकुलपतिलाई तपाई राम्रोसँग चलाउनुहोस् मेरो कुनै हस्तक्षेप हुँदैन भनिरहेको छ । निष्पक्ष र मेरिटोक्रेसीमा प्रश्न नआओस् भन्ने हो ।’
विश्वविद्यालय अप्ठ्यारोमा नपरोस् राम्रोसँग चलोस् भनेर आफूले चासो राखेको तर, कुनै प्रकारको हस्तक्षेप नगरेको प्रस्ट पारे ।
उपकुलपति बरालमाथि लागेको आरोपमा आफ्नो जस्तो नियति भोग्न नपरोस् भने मेरिटका आधारमा नियुक्त गर्न लागेको बताए । उक्त आरोपको जवाफ दिँदै उनले भने, ‘जसरी मलाई २ नम्बरे भनिराख्नु भएको छ । मैले जस्तो खेप्न नपरोस् भनेर काम गर्न खोजिएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण