ओलीलाई बामदेवको फोन, 'प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनु भन्दिनु !'
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जाली, फटाहा र बेइमानहरूको नेतृत्व नेकपा माओवादी केन्द्रले गरिरहेको आरोप लगाएका छन् ।
आदिवासी जनजाति महिलाहरूको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमाले र आफूविरुद्ध माओवादी लागिरहेको बताएका हुन् ।
‘जुन दिन यो देशमा माओवादी पलायो, त्यहीँ दिनबाट जाली, फटाहा र बेइमानहरू सक्रिय छन्’, प्रधानमन्त्री ओलीले भने, ‘माओवादीको नेतृत्वमा यो भइरहेको छ, प्रचण्ड महोदयले यो काम गर्नुभएको छ ।’ उनले हल्ला गरेर र झुट बोलेर समाजमा भ्रम फैलाउने गरेको भन्दै सामाजिक सञ्जालहरुको समेत दुरुपयोग भइरहेको बताए ।
उनले भने, ‘अहिले भर्खर म गाडीमा आउँदै थिएँ । वामदेव गौतमजीले फोन गर्नुभयो । अनि के भन्नुभयो भने मदन भण्डारी कांग्रेसले मारेको हो । मलाई पहिला नै थाहा थियो । तर म चुप लागेँ ।’
बामदेवले आफूसँग कुरा गरेपनि आफ्नो स्वर नचिनेको उनले बताए । ‘अव म बुढो पनि भइसके जे सुकै भएपनि मलाई केही छैन, त्यसकारण म कुरा भन्दैछु । मेरै स्वरमा छ । अव केपी ओलीले प्रधानमन्त्रीबाट पनि राजीनामा गर्नुपर्छ, पार्टी अध्यक्षबाट पनि गर्नुपर्छ, यस्तो भनेर बस्न पाइन्छ ? भन्देऊ तिम्रो ठुलो बालाई भनेर कुरा मसँग गर्दै हुनुहुन्थ्यो तर राजेश भनेर’, ओलीले भने, ‘वामदेवजीको फोन आएको देखेपछि राजेशबाट फोन लिएर मैले उठाएँ । कमरेड के छ हालखबर भनेँ ठिक छ भन्नुभयो ।’
प्रधानमन्त्री ओलीले भने, ‘कुरा गर्दै गइयो तर अन्तिममा त तिम्रा ठुला बालाई भन्देऊ । प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्नु भन्देऊ भनेर एकछिन पड्किनुभयो । हस् म भन्दिउँला भनेँ ।’ प्रधानमन्त्री ओलीले गौतमलाई समेत भ्रम पर्नेगरी आवाज बनाएर युट्यबमा राखिएको बताए । ‘उहाँलाई समेत भ्रम पर्नेगरी । भ्रम त पर्नु नपर्ने उहाँ र म नङ र मासु जसरी एउटै यात्रामा अघि बढेका हौँ । मेरो आवाज युट्यबमा चिन्नुभयो तर मसँग कुरा गरेको चिन्नुभएन’, ओलीले भने, ‘एआइको जमाना छ बनाए होला कसैले ।’
उनले कुनै प्रकारको भ्रममा नपर्न आग्रह गर्दै एमालेविरुद्ध लड्न नसकेपनि भ्रम फैलाउने काम भइरहेको बताए ।
‘नेकपा एमाले स्थापित भयो, त्यसकारण यिनीहरूलाई पिर परेको छ’, ओलीले देशको स्थायित्वका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताए । उनले सरकार सफलताका साथ अघि बढेको भन्दै समाजमा पहिलाजस्तो भाँडभैलो नभएको दाबी गरे । उनले देशमा कानुनको राज गराएर र भ्रष्टाचारीलाई कारबाही गराएर छाड्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण