‘सिकन्दर’को सुटिङका क्रममा रश्मिका बिरामी, किन गरिन् सलमानको तारिफ ?
मुम्बई । यतिबेला रश्मिका मन्दाना फिल्म ‘पुष्पा २’ को सफलताको मजा लिइरहेकी छिन् । अब अभिनेत्री चाँडै सलमान खानको फिल्म सिकन्दरमा देखिने छिन् । हालै रश्मिकाले फिल्मको सुटिङको क्रममा एउटा घटना सेयर गरेकी छिन् । उनले सेटमा बिरामी पर्दा सलमान खानले उनको निकै ख्याल राखेको बताइन् ।
इन्डिया टुडेसँग कुरा गर्दै रश्मिकाले भनिन्, ‘सलमानसँग काम गर्नु मेरो लागि सपना साकार भएको जस्तो हो । उहाँ एक साधारण र ‘डाउन टु अर्थ’ व्यक्ति हुनुहुन्छ। जब हामी सुटिङ गर्दा मलाई सन्चो थिएन। सलमानलाई यो थाहा हुने बित्तिकै उहाँले मलाई कस्तो भनेर सोधे खोज गर्नुभयो । चालक दललाई स्वस्थ खाना, तातो पानी र अन्य सबै कुरा ल्याउन निर्देशन दिनुभयो।’
रश्मिकाका अनुसार सलमान खान वास्तवमै धेरै हेरचाह गर्छन् र सबैलाई विशेष महसुस गराउँछन्। उनी देशकै सबैभन्दा ठूला स्टार हुन् । यसका बावजुद पनि उनी निकै सरल छन् ।
मिडिया रिपोर्टका अनुसार रश्मिका मन्दाना र सलमान खानले हालै एउटा गीतको सुटिङ गरेका छन् । यस वर्षको अन्त्यसम्ममा युरोपमा थप दुई गीत छायांकन हुनेछ । यसबाहेक, फिल्मको पहिलो पोस्टर सलमान खानको जन्मदिन अर्थात् २७ डिसेम्बरमा रिलिज हुने खबर पनि आएको छ ।
फिल्म सिकन्दर अर्को वर्ष (सन् २०२५) मा रिलिज हुनेछ । यस फिल्ममा सलमान खान र रश्मिका मन्दाना मुख्य भूमिकामा देखिनेछन् ।
यो फिल्मलाई दक्षिणका चर्चित निर्देशक ए. आर. मुरुगादास निर्देशन गर्नेछन् । यसअघि उनले ‘गजनी’, ‘हॉलिडे’ र ‘अकिरा’ जस्ता हिन्दी फिल्म निर्देशन गरिसकेका छन् । साजिद नाडियाडवाला यसको निर्माता हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण