पत्रकार महासंघ पर्वतको अध्यक्षमा सापकोटा निर्वाचित
पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार भएको मनोनयनका क्रममा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएकोमा गणेश गिरीले उम्मेदवारी फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् ।
समितिको खुला उपाध्यक्षमा रञ्जना खत्री, महिला उपाध्यक्षमा सङ्गीता केसी बानियाँ, सचिवमा साजन परियार, सहसचिव (समावेशीमा) विष्णु सापकोटा गौतम, सहसचिव खुल्लामा राजन पौडेल र कोषाध्यक्षमा दीपेश विक रहेका छन् ।
महासंघका सदस्यमा सङ्गीता केसी, रमा सुवेदी, इन्द्रकुमार विकल्प, सन्तोष पराजुली, मीना पराजुली, मुनाकुमारी लामिछाने, विकासराज पौडेल र गीताकुमारी शर्मा रहेका छन् ।
पर्वतबाट केन्द्रीय परिषद् सदस्यमा सरस्वती शर्मा जिज्ञासु र कृष्णबहादुर अखेली चयन भएका छन् भने प्रदेश परिषद् सदस्यमा विशन क्षेत्री र डिलबहादुर विक चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण