पत्रकार महासंघ पर्वतको अध्यक्षमा सापकोटा निर्वाचित
पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार भएको मनोनयनका क्रममा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएकोमा गणेश गिरीले उम्मेदवारी फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् ।
समितिको खुला उपाध्यक्षमा रञ्जना खत्री, महिला उपाध्यक्षमा सङ्गीता केसी बानियाँ, सचिवमा साजन परियार, सहसचिव (समावेशीमा) विष्णु सापकोटा गौतम, सहसचिव खुल्लामा राजन पौडेल र कोषाध्यक्षमा दीपेश विक रहेका छन् ।
महासंघका सदस्यमा सङ्गीता केसी, रमा सुवेदी, इन्द्रकुमार विकल्प, सन्तोष पराजुली, मीना पराजुली, मुनाकुमारी लामिछाने, विकासराज पौडेल र गीताकुमारी शर्मा रहेका छन् ।
पर्वतबाट केन्द्रीय परिषद् सदस्यमा सरस्वती शर्मा जिज्ञासु र कृष्णबहादुर अखेली चयन भएका छन् भने प्रदेश परिषद् सदस्यमा विशन क्षेत्री र डिलबहादुर विक चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकमाथिको प्रतिबन्धबारे के भन्छन् ट्रम्प ?
-
त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपलका लागि दुई जनाको मात्र आवेदन
-
बागमतीमाथि एपीएफको रवाफिलो जित
-
आफूलाई गोलीबाट बचाउने ‘कमान्डो’ लाई ट्रम्पले बनाए सेक्रेट सर्भिसका प्रमुख
-
पुष्पक एक्सप्रेस दुर्घटनामा मर्नेको सङ्ख्या १९ पुग्यो, यी हुन् सनाखत भएका चार नेपाली
-
सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन : प्रचण्ड