नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी
कञ्चनपुर । नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा सुरेश धामी विजयी भएका छन् । धामीले ५८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र अवस्थी ४६ मत प्राप्त गरेका निर्वाचन समितिका सदस्य विष्णु अवस्थीले जानकारी दिए ।
साथै उपाध्यक्ष खुलामा अमरबहादुर चन्द ६६ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्ष महिलातर्फ धर्मा रोकायाले ६४ मत ल्याएर विजयी भइन् । सचिवमा कुन्दन पाण्डेय निर्विरोध निर्वाचित भएका छन् । सह–सचिव खुलामा गोकुल जोशीले ५६ मत प्राप्त गरी विजयी हुँदा सह–सचिव समावेशीमा किशोरकुमार तामाङ निर्विरोध निर्वाचित भएका छन् । साथै कोषाध्यक्षमा मोहन बिष्ट ५५ मत ल्याएर विजयी भएका छन् ।
महिला सदस्यमा एश्वर्या कुवँर निर्विरोध निर्वाचित भएका छन् । दलित सदस्यमा धनबहादुर विकले ५२ मत प्राप्त गर्दा जनजाति आदिवासी सदस्यमा दानसिंह डगौरा (थारु) ५९ मतसहित विजयी भए । खुला सदस्यतर्फ केशव भट्टले ७९ मत, दिनेशराज ओझाले ५७ मत, धनबहादुर महताले ५४ मत, भवानीदत्त भट्टले ६३ मत, माधव पौडेलले ५६ मत, सुजित सिनालले ७४ मत, सुरेश भट्टले ६९ मत, हरिलाल जोशीले ५२ मत ल्याएर विजयी भएका छन् । निर्वाचनमा एक सय सात जनाले मतदान गरेका थिए ।
प्रदेश र केन्द्रका पदाधिकारीको मतगणनाको कार्य भोलि विहान १० बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । केन्द्र र प्रदेश पार्षद भने निर्विरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण