एकीकृत समाजवादीको बैठक आइतबार सकिने
शनिबार, २९ मङ्सिर २०८१, १५ : ५०
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा पदाधिकारीले धारणा राख्ने क्रम सकिएको छ । बुधवारबाट सुरु भएको बैठकमा आज तेस्रो दिन अध्यक्ष, महासचिव र वरिष्ठ नेताबाहेकका पदाधिकारीहरूले बोल्ने क्रम सकिएको छ ।
बाँकी स्थायी कमिटीका सदस्यहरूले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा शनिवारै धारणा राखिसक्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
अध्यक्ष, वरिष्ठ नेता र महासचिवले अन्तिममा विचार राख्नेछन् । आइतबारसम्म चल्ने बैठकले पार्टीका नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरूमा सानदार विजय प्राप्त गर्ने र राजनीतिक तथा भूराजनीतिक चुनौतीहरूको सामना गर्नेलगायतका विषयहरूमा छलफल भइरहेको खतिवडाको भनाइ छ । आइतबार नेताहरूको कार्यविभाजन गरेर बैठक सक्ने योजना रहेको नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण