एकीकृत समाजवादीको बैठक आइतबार सकिने
शनिबार, २९ मङ्सिर २०८१, १५ : ५०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा पदाधिकारीले धारणा राख्ने क्रम सकिएको छ । बुधवारबाट सुरु भएको बैठकमा आज तेस्रो दिन अध्यक्ष, महासचिव र वरिष्ठ नेताबाहेकका पदाधिकारीहरूले बोल्ने क्रम सकिएको छ ।
बाँकी स्थायी कमिटीका सदस्यहरूले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा शनिवारै धारणा राखिसक्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
अध्यक्ष, वरिष्ठ नेता र महासचिवले अन्तिममा विचार राख्नेछन् । आइतबारसम्म चल्ने बैठकले पार्टीका नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरूमा सानदार विजय प्राप्त गर्ने र राजनीतिक तथा भूराजनीतिक चुनौतीहरूको सामना गर्नेलगायतका विषयहरूमा छलफल भइरहेको खतिवडाको भनाइ छ । आइतबार नेताहरूको कार्यविभाजन गरेर बैठक सक्ने योजना रहेको नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड
-
यातायात कार्यालयका अधिकृत गौतमविरूद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
-
दुई बुँदे सहमति पालना नभए माओवादी के गर्छ ?
-
हामीले गृहमन्त्रीलाई अपराधी भनेका छैनौँ : रास्वपा
-
प्रशासनमा पुग्यो न्यायपालिका अधिकृत समाजको विवाद
-
किभमाथि रुसले गरेको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु