पत्रकार महासङ्घ बैतडीमा नयाँ नेतृत्व
बैतडी । नेपाल पत्रकार महासङ्घ बैतडी शाखामा नयाँ नेतृत्व चयन भएको छ । यहाँ अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन र अन्य पदहरूमा निर्विरोध चयन भएका हुन् ।
महासङ्घको आठौँ जिल्ला अधिवेशनबाट नरीदत्त बडूको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । खसेको कुल ४५ मतमध्ये बडूले ३९ मत ल्याएर विजयी भए । अर्का अध्यक्षका उम्मेदवार लोकेश साउँदले ६ मत मात्रै प्राप्त गरे । बडू नेपाल टेलिभिजन र साउँद नयाँ पत्रिकाका जिल्ला संवाददाता हुन् ।
समितिको खुला उपाध्यक्षमा लक्ष्मण बिसी (रेडियो मेलौली), महिला उपाध्यक्षमा रतना कलौनी (दिनेश खबर), सचिवमा विनोद विष्ट (रासस), सहसचिवमा केशवराज भट्ट (वासुलिङ्ग मिडिया) र समावेशी सहसचिवमा मङ्गेश दयाल (रेडियो मेलौली) विजयी भएका छन् ।
कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा करूणाकर भट्ट (रेडियो बैतडी) २४ मत प्राप्त गरेर विजयी भए । भट्टका प्रतिस्पर्धी कृष्णबहादुर विष्ट (रेडियो सेभेनस्टार) ले २० मत पाए । अर्का कोषाध्यक्ष पदका उम्मेदवार सुरेश अवस्थी (रेडियो निङ्गलाशैनी) ले एक मत पनि प्राप्त गर्न सक्नु भएन ।
यस्तै, शाखाका सदस्यहरूमा गौरव चन्द (रेडियो सनसेर), सरस्वती मडै (रेडियो सनसेर), डम्बर बोहरा (रेडियो सेभेनस्टार), वीरेन्द्र विष्ट (खबरबोर्ड), मदनराज भट्ट (रेडियो सेभेनस्टार), राधिका भट्ट (जनआदर्श साप्ताहिक), प्रताप दमाई (नेपाल एफएम नेटवर्क) र विमला भट्ट (रेडियो निङ्गलाशैनी) पनि निर्विरोध चयन भएका छन् ।
साथै केन्द्रीय परिषद् सदस्यमा लक्ष्मीदत्त पाण्डेय (रेडियो नेपाल), अमर भट्टराई (रेडियो सेभेनस्टार) र प्रदेश परिषद् सदस्यमा भगिरथ अवस्थी (रेडियो निङ्गलाशैनी), डिआर भट्ट (निको खबर), सिपी लोहिया (स्टार बुलेटिन) र वसन्तप्रकाश विष्ट (सुर्नया टाइम्स) निर्विरोध भएका छन् ।
आगामी ३ वर्षका लागि चयन भएको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । साथै पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम पनि सम्पन्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण