नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व
काठमाडौँ । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व हुने भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाउने भएको हो । उनले निकटम प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गर्दै महासंघको नेतृत्व गर्ने निश्चित भएको हो ।
केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचनको मतपरिणामको अन्तिम नतिजा भने आइतबारमात्रै सार्वजनिक गरिनेछ । समितिका अनुसार केही स्थानमा अझै केही मत गन्न बाँकी भएपनि निर्मलाको गन्न बाँकी भन्दा बढी मतान्तर भइसकेको छ । सबै मत गणना शनिबार रातिसम्म सकिने र प्रक्रिया पूरा गरेर निर्वाचित भएको घोषणा गरिने समितिका एक सदस्यले बताए ।
उनका अनुसार पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्षमा नितु पण्डित, महासचिवमा रामप्रसाद दाहाल लगायत निर्वाचित हुने निश्चित भइससकेको छ । यस्तै अधिकांश केन्द्रीय सदस्य पदमा सत्ता गठबन्धन निकटका उम्मेदवार विजयी हुने निश्चित भएपनि केही पदमा भने प्रेस सेन्टर निकटका उम्मेदवार निर्वाचित भएका छन् ।
निर्वाचनमा कांग्रेस एमाले निकट क्रमशः प्रेस युनियन र प्रेस चौतारीको गठबन्धन थियो भने प्रेस सेन्टरसहितका केही पत्रकार संगठनले पनि तालमेल बनाएर निर्वाचनमा भाग लिएका थिए । यसरी तालमेल हुँदा प्रेस युनियनबाट अध्यक्षमा बागी उम्मेदवारी दिएका विष्टलाई प्रेस सेन्टर नेतृत्वलगायतले साथ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण