‘ए डिभिजन लिग फुटबल क्लब’लाई कम्पनी मोडलमा लैजाने एन्फाको तयारी
वीरगञ्ज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए डिभिजन लिग फुटबल क्लब’ लाई कम्पनी मोडलमा अघि सार्ने योजना बनाएको छ । सङ्घ क्लब मोडलमा रहेका क्लबलाई आर्थिक रूपमा सबल र सक्षम बनाउनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर अघि बढाउने तयारीमा जुटेको हो ।
सङ्घका महासचिव किरण राईले ‘ए डिभिजन लिग’ खेल्ने फुटबल क्लबलाई कम्पनी मोडलमा अघि सार्न ढिला गर्न नहुने बताए । भेट्रान्स सिटी क्लब वीरगञ्जको आठौँ वार्षिक साधारणसभामा उनले नेपालका फुटबल क्लबलाई व्यावसायिक रूपमा अघि बढाउन पनि कम्पनी मोडलमा लैजानुपर्नेमा जोड र्दिए ।
अबदेखि एन्फाले फुटबल एकेडेमी सञ्चालनको जिम्मा पनि निजी क्षेत्रलाई दिने तयारी गरिरहेको उनले बताए । ‘अब एन्फा एकेडेमी सञ्चालन गर्न नसक्ने अवस्थामा पुगिसकेको छ । निजी क्षेत्रबाटै एकेडेमी सञ्चालन गरेर खेलाडी उत्पादन गर्ने र खेलाडीको बिक्री गर्ने प्रचलन पनि ल्याउनेछौँ’ भनेका छन् ।
कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले पालिकाले पनि खेलकुदका पूर्वाधार र गतिविधिमा लगानी गर्दै आएको बताए । ‘खेलकुदको विकास र प्रवद्र्धनका लागि सबैसँग सहकार्य गर्दै आइरहेका छौँ । आगामी दिनमा पनि निरन्तरता दिनेछौँ’, उउनले भने । भने ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले महानगरले खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताए । भेट्रान्स सिटी क्लब वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले फुटबल खेलको विकासका लागि निरन्तर काम भइरहेको बताए । क्लबका महासचिव पङ्कज श्रेष्ठले क्लबले गरेका आर्थिक प्रगति विवरण पेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण