काठमाडौँ । योमरी पूर्णिमा र ज्यापु दिवसको अवसरमा झाँकीसहितको र्यालीले काठमाडौँका विभिन्न क्षेत्रको परिक्रमा गरेको छ । बिहान इन्द्रचोकबाट सुरु भएको र्याली वटु, न्युरोड हुँदै वसन्तपुर पुगेको हो ।
_yjojw24V7G.jpg)
सहर परिक्रमामा सहभागीले परम्परागत नेवारी पोसाकमा सजिएर धिमे बाजासहितका झाँकी प्रदर्शन गरेका छन् । नयाँ धान भित्राएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउने गर्दछन् । मंसिर शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई ‘योमरी पुन्हि’ पनि भनिन्छ ।
_bnzJynywIv.jpg)
योमरी एक परिकार हो । योमरीलाई नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।
_5S8KMxpUgM.jpg)
चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा छ ।
_R9VQZcJnpB.jpg)
_7EoKlgRYIp.jpg)
_fAvsLOv521.jpg)
_fIYh1W7WUv.jpg)
_HtRVd0T7Vl.jpg)
_JBdB7uRiMg.jpg)
_uUF03wuv9W.jpg)
_DrHOgQ5yGE.jpg)
_aQock6ZQ24.jpg)
_6GC1GRIJGD.jpg)
_4cmjDKxr5n.jpg)
_fB8bmhSw9Z.jpg)
_0Fxdd0anPn.jpg)
_wm94IGx8ds.jpg)
_gEzIzEdbox.jpg)
_gRoxSFb2Vs.jpg)
_9HSf2TYzqY.jpg)
प्रतिक्रिया