संघीयतालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताएका छन् । आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा दुई राजनीतिक दलहरूले प्रारम्भिक छलफल सुरु गरिसकेको बताए । उनले संविधान संशोधन दुई वटा राजनीतिक दलहरूले गरेर मात्रै नहुने भन्दै दुई राजनीतिक दलहरूको पहलमा सबै राजनीतिक दलहरूसँगको समन्वयबाट हुने बताए ।
गृहमन्त्री लेखकले संविधानको अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षलाई छनोट गर्ने र सबै राजनीतिक दलहरूबिच सहमतिका साथ संविधान संशोधन गर्ने बताए ।
उनले भने, ‘हामीले संविधान संशोधनको कुरा गरेका छौँ । संविधान संशोधनलाई विभिन्न हिसाबले व्याख्या हुने गरेको छ । हामीले संविधान संशोधन गर्ने भनेको पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप राम्रो, थप सुदृढ र थप बलियो बनाउनका लागि गर्ने भनेको हो । हामीले संविधान संशोधनको विषयलाई पनि दुई राजनीतिक दलहरूले प्रारम्भिक छलफल सुरु गरेका छौँ ।’
गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए । एमाले र कांग्रेसबिच भएको सहमतिअनुसार नै वर्तमान सरकार अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण