दिल्ली विधानसभा चुनाव : केजरीवाललाई नयाँ दिल्लीबाट टिकट, आतिशी कालकाजीबाट चुनाव लड्ने
आइतबार, ३० मङ्सिर २०८१, १४ : ५८
नयाँ दिल्ली । आम आदमी पार्टीले दिल्ली विधानसभा चुनावका लागि उम्मेदवारहरूको चौथो र अन्तिम सूची जारी गरेको छ । यसमा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई नयाँ दिल्ली विधानसभा सीटबाट उम्मेदवार बनाइएको छ ।
त्यस्तै कालकाजीबाट मुख्यमन्त्री आतिशीलाई उम्मेदवार बनाइएको छ । यसबाहेक बुरारीबाट सञ्जीव झालाई टिकट दिइएको छ । चौथो सूचीमा आम आदमी पार्टीले ३८ जना उम्मेदवारलाई टिकट दिइएको छ ।
पार्टीले नांगलोई जाटबाट रघुविन्दर शौकीन र सुल्तानपुर माजराबाट मुकेशकुमार अहलावतलाई उम्मेदवार बनाएको छ । आम आदमी पार्टीको चौथो सूची जारी गरेपछि अरविन्द केजरीवालले सोसल मिडिया प्लेटफर्म एक्समा बीजेपी हराएको भन्दै पोस्ट गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण