६ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले कार्यशाला
काठमाडौँ । ६ बुँदे संकल्प प्रस्ताव पारित गर्दै नेकपा एमालेको कार्यशाला सकिएको छ । दुई दिनसम्म चलेको कार्यशालाले ६ बुँदे संकल्प प्रस्ताव पारित गरेको हो ।
संकल्प प्रस्तावमा माग फागुन, चैत तीनै महिना पार्टी नेतृत्व ७५३ स्थानीय तहमा पुग्ने रहेको एमाले नेता विशाल भट्टराईले जानकारी दिए । एमालेको देशभरको ‘क्रिम फोर्स’भेला भएर स्थानीयस्तरमा पार्टी निर्माणमा युद्धस्तरमा गतिशील बन्ने सङ्कल्प गरिएको उनले बताए । कार्यशालामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेलले महत्त्वपूर्ण मार्गदर्शन गरेको उनले बताए । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले कार्यपत्र प्रस्तुत गरेको र १० वटा समूहको तर्फबाट छलफलको निष्कर्ष प्रस्तुत गरिएको उनको भनाइ छ ।
नेता भट्टराईले देश, जनता र पार्टीको पक्षमा पर्यो भने आफूलाई निर्मम रूपान्तरण गर्न तयार हुनुपर्छ भन्ने सामूहिक सङ्कल्प गरिएको जानकारी दिए । यस्तै चैतसम्ममा देशका ६७४३ वडामा पार्टीको तोकिएको नेतृत्व पुग्ने निर्णय भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण