पशुपति क्षेत्रका ३७ जना कर्मचारीलाई काम गर्न दिइएन
काठमाडौं । पशुपति क्षेत्रमा सरसफाइ गर्दै आएका ३७ जना कर्मचारीलाई काम गर्न रोक लगाइएको छ । आइतबारसम्म काम गर्दै आएका कर्मचारीलाई पशुपति क्षेत्र विकास कोषले सोमबारदेखि काममा आउन रोक लगाएको हो ।
करार सेवामा नियुक्त ती कर्मचारी बिहानी सत्रमा काम गर्दै आएका छन् । बिहान ५ बजे काम गर्न जाँदा काम गर्न नदिएर फर्काइएको एक कर्मचारीले गुनासो गरे ।
त्यसो त कोषमा कार्यरत करार कर्मचारी र कोषबीचको विवाद अहिलेदेखिको होइन । कर्मचारीको करार अवधि थप गर्न कोषले प्रत्येक वर्ष आनाकानी गर्दै आएको छ । यसको सट्टामा श्रमिक आपूर्तिकर्तामार्फत् सम्झौता गर्न कोषले दबाब दिँदै आएको थियो । खुकुरी नेपाल नामक कम्पनीलाई जिम्मा दिएर करार गर्न लगाइएको थियो ।
त्यसो त, श्रमिकहरुले दायर गरेको मुद्दामा श्रम अदालतमा नियमित रोजगारी सम्झौता दिलाउने माग गर्दै कोषका सदस्य सचिव मिलन कुमार थापा र कार्यकारी निर्देशक सुभास चन्द्र जोशीलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दामा गत मंसिर १९ गते अन्तरिम आदेश जारी गर्दै कोषलाई मुद्दाको किनारा नलागेसम्म आपूर्तिकर्तामार्फत् रोजगार सम्झौता नगर्न/नगराउन तथा श्रमिकहरुलाई नियमित रुपमा पारिश्रमिक भुक्तानी गर्न श्रम अदालतले आदेश दिएको थियो । यसविपरित श्रमिकलाई कामबाट बञ्चित गरिएको हो ।
श्रमिकलाई काममा रोक लगाइएको विषयमा कार्यकारी अधिकृत जोशीले भने अनभिज्ञता प्रकट गरे । आफू बाहिर रहेको भन्दै यसबारे थाहा नभएको यसबारे बुझ्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण