१ सय २६ केजी गाँजासहित दुई जना पक्राउ
सोमबार, ०१ पुस २०८१, १३ : ३४
काठमाडौँ । प्रहरीले सुनसरी र चितवनबाट लागुऔषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । सुनसरीको धरानबाट १ सय २३ केजी गाँजासहित धनबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
७ वटा बोरामा प्याक गरेको गाजा अटोमा लोड गरेर हिँडेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
चितवनको रत्ननगर नगरपालिका–१० स्थित निपनी चोकबाट ४६ वर्षीय सरद लम्साल पक्राउ परेका छन् । उनको साथबाट २ किलो ८६४ ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण