लोडसेडिङ हुन नदिन भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात हुन्छ : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात गर्न लागिएको बताएका छन् ।नेपाल भित्रको आन्तरिक विद्युत् आपूर्तिलाई सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावाट विद्युत् खरिद गर्न लागिएको उनले बताएका हुन् ।
सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री खड्काले हिउँदमा विद्युत् आपूर्ति सहज बनाउनका लागि भारतसँग साढे ६ सय मेगावाट विद्युत् आयात गर्ने सहमति भएअनुरुप पुस महिनादेखि नै खरिद गरिने बताए । उनले गत वर्षको बाढीले जलविद्युत आयोजनाहरूमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिनका लागि भारतसँग विद्युत् पुस महिनाबाट खरिद गर्न लागिएको बताए । उनले सरकारले क्षति भएका आयोजनाहरूको निर्माणमा तीव्रता दिएको भन्दै विद्युत् माग र आपूर्ति सहज बनाउने विषयमा गम्भीर रहेको बताए ।
मन्त्री खड्काले गत वर्षको भन्दा साढे ३ सय मेगावाट जति यस वर्ष उत्पादन थप हुने र हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने भएकाले सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएको बताए । उनले बेलुका साँझको बेला भारतले चार घण्टा दिनसक्ने बताए पनि भारतसँग थप छलफल गर्ने तयारी रहेको बताए । उनले भारतका ऊर्जामन्त्री नेपालमा आउने तयारी रहेको भन्दै भारतका ऊर्जामन्त्री नेपाल आएको बेलामा छलफल गरिने बताए । उनले केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान भएपनि सकेसम्म हुन नदिने योजना रहेको बताए ।
उनले भने,‘भारत भ्रमणको समयमा भारतका मन्त्री र सचिवसँग वृहत् छलफल भएर सुख्यायाममा साढे ६ सय मेगावाट विद्युत् खरिद गर्ने निर्णय भयो । पुस देखि लागू गर्दछौँ । गत वर्षको बाढीले जलविद्युत आयोजनाहरूमा धेरै क्षति भयो । क्षति भएका आयोजनाहरूको निर्माणमा तीव्रता दिएका छौँ । विद्युत् माग र आपूर्तिको विषयमा सरकारले हिसाब गरेको छ । गत वर्षको भन्दा साढे ३ सय मेगावाट जति यस वर्ष उत्पादन थप हुने र हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने छ । सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएका छौँ । बेलुका साँझको बेला भारतले चार घण्टा दिन सकिँदैन भनेको छ ।’
मन्त्री खड्काले भारतबाट नेपालले ९ सय मेगावाटसम्म आपूर्ति गर्ने गरेको भन्दै यो वर्ष साढे ६ सय मेगावाट आपूर्ति गरिने बताए । उनले नेपालभित्रै साढे ३ सय मेगावाट थप हुने देखिएकाले कम आपूर्ति गर्न लागिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण