१३ हजार कानुन व्यवसायी करको दायरामा आएका छन् : सचिव सापकोटा
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले १३ हजार कानुन व्यवसायीहरू करको दायरामा आएको बताएका छन् । सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सचिव सापकोटाले २१ हजार कानुन व्यवसायीहरूमध्ये १३ हजार कानुन व्यवसायी करको दायरामा आइसकेको उल्लेख गरे । उनले कानुन व्यवसायीहरूको रिन्यु पनि कर नतिरेसम्म नगर्ने भनेपनि कानुन व्यवसायीहरू करको दायरामा आएको उल्लेख गरे ।
उनले भने, ‘२१ हजारमध्ये १३ हजार कानुन व्यवसायी करको दायरामा आइसक्नुभएको छ । रिन्यु पनि ट्याक्स नतिरेसम्म नगर्ने भनेपछि ट्याक्स तिर्ने परिपाटी बढ्दै गएको छ ।’
सचिव सापकोटाले नवप्रवेशी कानुन व्यवसायीहरूलाई कानुन व्यवसायी परिषद्ले तालिम दिइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण