सर्लाहीबाट लागु औषधसहित ३ जना पक्राउ
सोमबार, ०१ पुस २०८१, १८ : ३०
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाबाट प्रहरीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नम्बर–७ निमिचोक घर भएका ३५ वर्षीय मोहन बहादुर योञ्जनसहित ३ जना छन् ।
उनीहरुको साथबाट लागु औषध ओनेरेक्स १ सय मिलिलिटरको ७ बोतल र कोडेडाइल–टि १ सय मिलिलिटरको ३ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मोहन बहादुरको घर तलासी गर्दा सो लागु औषध फेला परेको प्रहरीले जनाएको छ । उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण