नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध
वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्ने बताएका छन् । जारी युक्रेन युद्धमा नरसंहार हुन थालेको तीन वर्ष भइसकेको र यो खेल अब समाप्त हुनु पर्ने ट्रम्पको भनाई छ ।
फ्लोरिडामा आफ्नो निवास मार–ए–लागोमा सञ्चार माध्यमहरूसँग कुराकानी गर्ने क्रममा ट्रम्पले यो कुरा भनेका हुन् । आफूले पुटिन, जेलेन्स्की र युक्रेनी प्रतिनिधिसँग कुराकानी गर्ने ट्रम्पले बताए । ‘हामीले यो युद्ध, यो नरसंहारलाई रोक्नु पर्नेछ ।’ उनले भने ।
युक्रेनलाई अमेरिकाले दिँदै आएको अर्बौँ डलरको आर्थिक र सैन्य सहायताको ट्रम्पले आलोचना गर्दै आएका छन् । यस्तोमा ट्रम्प सत्तामा आएमा युक्रेनी सरकारको चिन्ता बढ्ने निश्चित छ । आफूले रुस र युक्रेन युद्ध अन्त्य गर्न सक्ने दाबी ट्रम्पले गर्दै आएका छन् । यद्यपि यो कसरी गरिन्छ भन्नेबारे उनले कुनै जानकारी दिएका छैनन् । केही दिनअघि पनि ट्रम्पले रुस र युक्रेनबीच शान्ति वार्ता सुरु गर्न अपिल गरेका थिए ।
पुटिनको बयानपछि आएको हो युद्ध यो भनाई
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार आफ्ना शीर्ष सैन्य जनरललाई सम्बोधन गर्दै सम्पूर्ण मोर्चामा आफ्नो सेनाको प्रभुत्व रहेको र रुसी सेना युक्रेनको मुख्य पूर्वी सहर पोक्रोभस्कको ढोकासम्म पुगेको बताएका थिए ।
सबै सम्पर्क रेखामा रुसी सेनाले आफ्नो रणनीतिक वृद्धिलाई मजबुतिका साथ कायम राखेको पनि उनले भनेका थिए । रुसी सेनाले यस वर्ष १८९ वटा युक्रेनी बस्ती कब्जा गरेको र २०२४ को सैन्य अभियान निकै सफल भएको पुटिनले बताएका थिए । पुटिनको यो अभिव्यक्ति लगत्तै ट्रम्पले युक्रेनमा नरसंहार रोक्न अपिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण