टिकटकले गुहार्यो अमेरिकी सर्वोच्च अदालत
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले लागू गरेको कानुनलाई अस्थायी रूपमा रोक्न टिकटकले त्यहाँको सर्वोच्च अदालतलाई आग्रह गरेको छ । टिकटकले अदालतलाई जनवरी ६ सम्ममा यस विषयमा निर्णय गर्न अनुरोध गरेको छ ।
अप्रिलमा बाइडेनले हस्ताक्षर गरेर एउटा विधेयकलाई कानुनमा बदलेका थिए । यसअनुसार टिकटकको मालिक चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले जनवरी १९ मा अमेरिकी प्रतिबन्धहरूको सामना गर्नुपर्नेछ । अमेरिकामा कम्पनीसामु टिकटकलाई अमेरिकी कम्पनीलाई बेच्ने एउटा मात्रै विकल्प छ । कम्पनीले यसो गरेन भने टिकटकले अमेरिकी बजार छोड्नुपर्नेछ । टिकटक अमेरिकाको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल मञ्च मध्ये एक हो । त्यहाँ यसका करिब १७ करोड प्रयोगकर्ता छन् ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा शपथ लिँदैछन् । यसअघि नै बाइडेनले हस्ताक्षर गरेको कानुन लागू भएमा अमेरिका र चीनबिचको सम्बन्धमा पनि असर पर्नेछ । ट्रम्पलाई टिकटकको सहयोगीका रूपमा हेरिएको छ । किनभने उनको फेसबुकको मूल कम्पनी मेटा र यसको मालिक मार्क जुकरबर्गसँग ट्रम्पको खासै राम्रो सम्बन्ध छैन । सन् २०२१ को जनवरी ६ मा क्यापिटल हिलमा दङ्गापछि मेटाले ट्रम्पलाई फेसबुकबाट प्रतिबन्ध लगाएको थियो । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाइयो भने यसको सबैभन्दा ठुलो फाइदा फेसबुक र मेटाले पाउनेछन् ।
- के छ अमेरिकी सरकारको आरोप ?
टिकटकले चीन सरकारले आफ्नो प्रयोगकर्ता डेटा सङ्कलन गर्ने र जासुसी गर्ने अनुमति दिएको आरोप अमेरिकी सरकारको छ ।
यसको भिडियो होस्टिङ सेवाले गलत सूचना फैलाइरहेको पनि भनिएको छ । तर चीन र बाइटडान्सले भने यो आरोपको खण्डन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण