शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्षमा फेरि अस्मिता भण्डारी

मङ्गलबार, ०२ पुस २०८१, १५ : ५८
मङ्गलबार, ०२ पुस २०८१

काठमाडौँ । विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्षमा पुनः अस्मिता भण्डारी निर्वाचित भएकी छिन् । महासंघको ११‍‍औँ महासम्मेलनले भण्डारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । 

जनकपुरधाममा सोमबार भएको महाधिवेशनमा महासंघको अन्तर्राष्ट्रिय अध्यक्षको निर्वाचनका लागि उच्च अदालत पाटनका पूर्व मुख्य न्यायाधीश  शम्भु  बहादुर खड्काकाे संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिको सदस्यहरूमा अधिवक्ता सुशीला ढकाल र भारतबाट अधिवक्ता रामनारायण चौधरी थिए ।   

सम्मेलनमा विश्व हिन्दु महासंघका अन्तर्गत भारत, नेपाल,अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश लगायतका मुलुकहरूबाट प्रतिनिधिहरूको सहभागिता थियो ।

त्यस्तै, जानकी मन्दिरका उत्तराधिकारी महन्त श्रीराम रोशन दास, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन  वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ लगायत भारतबाट विभिन्न सन्तहरू समेत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप