ट्रम्प र टिकटकका सीईओबिच भेटघाट, के भयो कुराकानी ?
वासिङ्टन डिसी । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्प र चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकका सीईओबिच भेटवार्ता भएको छ ।
मार–ए–लागोमा ट्रम्पले सोमबार मध्याह्न शाओ चियूलाई भेटेको यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै सीएनएनले समाचार छापेको छ । अमेरिकामा एपको प्रयोगमाथि प्रतिबन्धको म्याद नजिकिँदै गर्दा कम्पनीले अमेरिकी सर्वोच्च अदालतसँग गुहार मागेकै समयमा ट्रम्प र चिउबिच भेटघाट भएको हो ।
नोभेम्बर ५ मा भएको राष्ट्रपति निर्वाचनमा ट्रम्पले जित हात पारेयता यी दुईबिचको यो पहिलो भेट ठानिएको छ । ट्रम्प दोहोर्याएर राष्ट्रपति बनेदेखि नै चिउले उनलाई भेट्ने प्रयास गरिरहेका थिए ।
यसअघि डिसेम्बरको सुरुमा उनलाई फ्लोरिडामा रहेको ट्रम्पको एउटा रिसोर्टमा देखिएको थियो । तर त्यतिबेला यी दुईबिच भेट भए नभएको थाहा हुन सकेको छैन । राष्ट्रपतिको चुनाव जितेयता ट्रम्पले अमेरिकाका ठुला प्रविधि कम्पनीका शीर्ष कार्यकारीहरूलाई धमाधम भेटिरहेका छन् ।
बाइटडान्सले टिकटकको अमेरिकी व्यवसाय बेचेन भने जनवरी १९ देखि यसमाथि अमेरिकामा प्रतिबन्ध लाग्नेछ ।
यो शर्त टिकटकले पूरा गरेन भने टिकटक राख्ने अमेरिकी एप स्टोर र यो चलाउन दिने इन्टरनेट सेवा प्रदायकहरूले पनि ठुलो जरिवानाको सामना गर्नु पर्नेछ । ट्रम्पले सोमबार टिकटकप्रति फरक दृष्टिकोण राख्न सक्ने संकेत गरेका छन् । तर उनले यसको विस्तृत विवरण भने दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण