आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

विद्या भण्डारीको प्रमुख आतिथ्यमा फेवा संवाद हुने

मङ्गलबार, ०२ पुस २०८१, १७ : १२
मङ्गलबार, ०२ पुस २०८१

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा पोखरामा ‘फेवा संवाद २०२४’ हुने भएको छ । 

त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको पोखरा महानगरका मेयर धनराज आचार्यले जनाएका छन् ।

‘विश्वव्यापी औद्योगिक स्थानान्तरण अन्तर्गत दक्षिण एसियाका विकल्पहरू’ विषयमा आधारित कार्यक्रम २०२४ डिसेम्बर १८ देखि २० तारिखसम्म पोखरा–६ स्थित पोखरा इभेन्ट सेन्टरमा सम्पन्न हुन गइरहेको मेयर आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

‘नेपालकी पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्यमा यो कार्यक्रम सम्पन्न हुन गइरहेको छ । सम्माननीयज्यूलाई पोखरामा हार्दिक स्वागत गर्दछु’, आचार्यले भनेका छन्, ‘यस वर्षको फेवा संवादले दक्षिण एसिया, दक्षिणपूर्व एसिया र चीनबाट सहभागीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।’

 

उनले कार्यक्रममा अन्तर्राष्ट्रिय संगठनका नेता, थिङ्क ट्याङ्कका प्रतिनिधि, साथै अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित विज्ञ र विद्वानहरूको सहभागिता रहने पनि जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप