बच्चा कोरल्दै आगन्तुक चरा
चितवन । गर्मी छल्न र प्रजननका लागि यहाँ आएका आगन्तुक चराले बच्चा कोरल्न थालेका छन् । गत फागुनदेखि यहाँ आउन सुरू गरेका अधिकांश चराले वैशाख र जेठमा बच्चा कोरल्ने गर्दछन् ।
‘वर्ड एजुकेसन सोसाइटी’ बागमती प्रदेशका अध्यक्ष वासु विँडारीले वास्तविक तथ्याङ्क नभए पनि ६० देखि ८० प्रजातिका आगन्तुक चरा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा यो मौसममा आएको बताए ।
ती चराले बच्चा कोरलेर आफूसँगै लैजाने उनले बताए । बच्चा उड्न सक्ने भएपछि भदौ र असोजमा ती चरा आफ्नो गन्तव्यमा फर्कने गर्दछन् । विश्वमा ११ हजारभन्दा बढी प्रजातिका चरा पाइने तथ्याङ्क छ ।
त्यसमध्ये ४० प्रतिशत हाराहारीले बसाइँसराइ गर्ने विँडारीले बताए । उनका अनुसार यस क्षेत्रमा वर्षमा दुई पटक आगन्तुक चरा आउने गर्दछन् । जाडो र गर्मीमा ती चरा आउने गर्दछन् ।
जाडो छल्न आउने चराले यहाँ बच्चा कोरल्दैनन् । नेपालमा विश्वका अनेकौँ ठाउँबाट चरा बसाइँसराइका लागि आउने गर्छन् । जाडो मौसममा रसियाको साइबेरिया र मङ्गोलियाबाट नेपाल हुँदै भारतसम्म ती चरा पुग्ने उनले जानकारी दिए ।
गर्मीमा यहाँ आउने चरा भारत, श्रीलङ्का, दक्षिण–पूर्वी एसियाली मुलुक र अफ्रिकाबाट आउने गर्दछन् । यी चरा नदी तटीय, वन र घाँसे मैदानमा रमाउने गर्दछन् । विँडारीका अनुसार यो समयमा कोइली, स्वर्गचरी, सुनचरी र बकुल्ला प्रजाति धेरै हुने गर्दछन् । वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष विजय गिरी यो मौसममा सुन्दर प्रजातिका चरा
आउने भएकाले यहाँ घुम्न आउने पर्यटकले चरा अवलोकन गर्न पाउने बताउनुहुन्छ । रुख र झाडीमा बनाइएका गुँडमा भर्खर कोरलेका चराका बच्चाहरू देख्न सकिने उनको भनाइ छ ।
फागुनदेखि यहाँ आएका आगन्तुक चराले बच्चा कोरले असोजसम्ममा फर्किसक्ने उहाँले जानकारी दिनुभयो । नेपालमा ९ सय प्रजातिका चरा पाइन्छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६५२ प्रजातिका चरा पाइने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण