बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पाकिस्तानसँगको द्वन्द्वमा लडाकु विमानहरू खसालिएको प्रश्नमा भारतीय जनरलले के भने ?

आइतबार, १८ जेठ २०८२, ०७ : ५८
आइतबार, १८ जेठ २०८२

सारांश

  • जनरल अनिल चौहानले पाकिस्तानसँगको सैन्य संघर्षको क्रममा भारतीय लडाकु विमान खसालिएको विषयमा टिप्पणी गरेका छन्। उनले विमान खसालिएको संख्यालाई भन्दा पनि किन खसालियो भन्ने कुरा महत्त्वपूर्ण रहेको बताए।
  • चौहानले पाकिस्तानको ६ वटा विमान खसालेको दाबीलाई अस्वीकार गरे, तर खसालिएका विमानको संख्याबारे स्पष्ट जानकारी दिएनन्। उनले युद्धको समयमा भएका गल्तीहरूलाई सुधारिएको कुरा उल्लेख गरे।
  • चौहान साङ्ग्रिला संवादमा भाग लिन सिंगापुर पुगेका थिए, जहाँ उनले ब्लूमबर्ग टिभीलाई अन्तर्वार्ता दिएका हुन्। यसअघि भारतीय सेनाका प्रतिनिधिहरूले युद्ध र क्षतिको बारेमा संयुक्त पत्रकार सम्मेलन गरेका थिए।

सिंगापुर । भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल अनिल चौहानले पाकिस्तानसँग मे महिनामा भएको सैन्य संघर्षका क्रममा भारतका लडाकु विमान खसालिएको दाबीबारे जवाफ दिएका छन्।

शनिबार ब्लूमबर्ग टिभीलाई दिएको अन्तर्वार्तामा जनरल चौहानले भने, ‘विमान खसालियो कि खसालिएन भन्ने कुरा भन्दा पनि त्यो किन भयो भन्ने कुरा महत्त्वपूर्ण हो ।’ यद्यपि, उनले पाकिस्तानले भारतका छ वटा विमानमा क्षति पुर्‍याएको दाबीलाई पूर्णतः अस्वीकार गरे।

उनले भने, ‘मलाई लाग्छ मुख्य कुरा यो होइन कि जेट खसालिए, तर त्यो किन खसालिए भन्ने हो।’ उनले खसालिएका विमानको संख्याबारे भने कुनै स्पष्ट जानकारी दिएनन्।

जनरल चौहान आयोजित साङ्ग्रिला संवादमा सहभागी हुन सिंगापुरमा छन्, त्यहीँ उनले ब्लूमबर्गलाई यो अन्तर्वार्ता दिएका हुन्।

यसअघि यही महिनाको सुरुवातमा तीनै सेनाका प्रतिनिधिहरूले संयुक्त पत्रकार सम्मेलन गरेका थिए, जहाँ एयर मार्सल ए.के. भारतीले भनेका थिए, ‘हामी युद्धको अवस्थामा छौँ र क्षति त्यस्तो परिस्थितिको एउटा हिस्सा हो।’

पाकिस्तानले बारम्बार युद्धको क्रममा भारतका एकभन्दा बढी लडाकु विमान खसालेको दाबी गर्दै आएको छ, तर भारतले भने यस्ता दाबीहरूलाई अस्वीकार गर्दै आएको छ।

के भने चौहानले ?

अन्तर्वार्तामा ब्लूमबर्ग टिभीकी पत्रकारले जनरल चौहानलाई सोध्छिन् - पाकिस्तानले भारतीय वायुसेनाका एकभन्दा बढी विमान खसालेको दाबी गरेको छ, के तपाईं त्यसको पुष्टि गर्न सक्नुहुन्छ?

यसको जवाफमा जनरल अनिल चौहानले भने, ‘महत्त्वपूर्ण कुरा यो होइन कि विमान खस्यो कि खसेन, महत्त्वपूर्ण कुरा यो हो कि त्यो किन भयो।’

त्यसपछि पत्रकारले फेरि प्रश्न गर्दै भनिन्, ‘कम्तीमा एक विमान त खसेको थियो, के यो सही हो?’

यसमा जनरल चौहानले भने, ‘राम्रो कुरा यो हो कि हामीले आफ्ना रणनीति गल्तीहरू बुझ्यौँ, सुधार्‍यौँ र दुई दिनमै लागू पनि गर्‍यौँ। त्यसपछि हामीले सबै विमान उडायौँ र लामो दूरीका लक्ष्यहरूमा प्रहार गर्‍यौँ।’

पत्रकारले पुनः प्रश्न गरिन्, ‘पाकिस्तानको दाबी छ कि उसले भारतका छ वटा लडाकु विमान खसाल्न सफल भएको थियो, के त्यो मूल्यांकन सही हो?’

यसको जवाफमा जनरल अनिल चौहानले भने, ‘त्यो पूर्ण रूपमा गलत हो। तर जस्तो मैले भने, यो जानकारी खासै महत्त्वपूर्ण छैन। महत्त्वपूर्ण कुरा के हो भने विमान किन खसे र त्यसपछि हामीले के गर्‍यौँ। त्यो नै हाम्रो लागि महत्त्वपूर्ण छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप