मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

एकीकृत समाजवादीका यी नेता किन गए चीन ?

आइतबार, १८ जेठ २०८२, १४ : १७
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • नेकपा एकीकृत समाजवादीका तीन नेता चीन भ्रमणमा गएका छन्। भ्रमणमा उपमहासचिव मेटमणि चौधरी, पोलिटब्युरो सदस्य मोहन गौतम र केन्द्रीय सदस्य चिरञ्जीवी भट्टराई छन्।
  • पार्टीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भ्रमणबारे आफूलाई जानकारी नभएको बताए भने उपप्रमुख दामोदर अर्यालले अन्य प्रयोजनका लागि गएको बताए।
  • एमाले, माओवादी र एकीकृत समाजवादीका नेताहरूको चीन भ्रमण बाक्लिएको छ, पूर्वराष्ट्रपति विद्या भण्डारीको एमाले टोली पनि अहिले चीनमा छ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका तीन जना नेता चीन भ्रमणमा गएका छन् । उपमहासचिव मेटमणि चौधरी, पोलिटब्युरो सदस्य मोहन गौतम र केन्द्रीय सदस्य चिरञ्जीवी भट्टराई चीन भ्रमणमा गएका हुन् । 

पोलिटब्युरो सदस्य मोहन गौतमले आइतबार फेसबुकमा शुक्रबार फर्कने गरी चीन भ्रमणमा जान लागेको तस्बिरसहित पोस्ट गरेका छन् । 

पार्टी उपाध्यक्ष समेत रहेका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले नेताहरू चीन भ्रमणमा गएकोबारे आफूलाई थाहा नभएको बताए । प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले पार्टी च्यानलबाट नभई अन्य प्रयोजनका लागि नेताहरू चीन गएको बताए । ‘पार्टीका तर्फबाट नभई अन्य च्यानलबाट जानुभएको हो’, अर्यालले भने, ‘कुन प्रयोजन र चीनको कुन सहरमा जानुभएको भन्ने जानकारी भएन ।’

पछिल्लो समय एमाले, माओवादी र एकीकृत समाजवादीका नेताहरूको चीन भ्रमण बाक्लिएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारी नेतृत्वको एमाले टोली अहिले चीन भ्रमणमै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप