एकीकृत समाजवादीका यी नेता किन गए चीन ?
सारांश
- नेकपा एकीकृत समाजवादीका तीन नेता चीन भ्रमणमा गएका छन्। भ्रमणमा उपमहासचिव मेटमणि चौधरी, पोलिटब्युरो सदस्य मोहन गौतम र केन्द्रीय सदस्य चिरञ्जीवी भट्टराई छन्।
- पार्टीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भ्रमणबारे आफूलाई जानकारी नभएको बताए भने उपप्रमुख दामोदर अर्यालले अन्य प्रयोजनका लागि गएको बताए।
- एमाले, माओवादी र एकीकृत समाजवादीका नेताहरूको चीन भ्रमण बाक्लिएको छ, पूर्वराष्ट्रपति विद्या भण्डारीको एमाले टोली पनि अहिले चीनमा छ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका तीन जना नेता चीन भ्रमणमा गएका छन् । उपमहासचिव मेटमणि चौधरी, पोलिटब्युरो सदस्य मोहन गौतम र केन्द्रीय सदस्य चिरञ्जीवी भट्टराई चीन भ्रमणमा गएका हुन् ।
पोलिटब्युरो सदस्य मोहन गौतमले आइतबार फेसबुकमा शुक्रबार फर्कने गरी चीन भ्रमणमा जान लागेको तस्बिरसहित पोस्ट गरेका छन् ।
पार्टी उपाध्यक्ष समेत रहेका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले नेताहरू चीन भ्रमणमा गएकोबारे आफूलाई थाहा नभएको बताए । प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले पार्टी च्यानलबाट नभई अन्य प्रयोजनका लागि नेताहरू चीन गएको बताए । ‘पार्टीका तर्फबाट नभई अन्य च्यानलबाट जानुभएको हो’, अर्यालले भने, ‘कुन प्रयोजन र चीनको कुन सहरमा जानुभएको भन्ने जानकारी भएन ।’
पछिल्लो समय एमाले, माओवादी र एकीकृत समाजवादीका नेताहरूको चीन भ्रमण बाक्लिएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारी नेतृत्वको एमाले टोली अहिले चीन भ्रमणमै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण