दुर्गा प्रसाईंका तर्फबाट पुन: बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट पुन: बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै छोरा निराजन प्रसाईँका तर्फबाट बुधबार बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरिएको हो ।
जिल्ला अदालत काठमाडौँले धरौटीमा रिहा गर्ने आदेश गरेपनि प्रहरीले अन्य अभियोगमा अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ गरेर म्याद थप गरेपछि प्रसाईंका तर्फबाट बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरिएको छ ।
यसअघि पनि उनले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेका थियो । उक्त निवेदन खारेज भएको थियो । निवेदनमा उनी क्यान्सर जस्तो गम्भीर रोगको बिरामी भएको तर सरकारले दुःख दिने नियतले अन्य मुद्दा समेत लगाउन सक्ने भएकाले २४ घण्टाभित्र झिकाउन र रिहा गर्नु भनी आदेश दिन जिकिर गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण