समाचार
चार महिनामा ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा
११ सय १५ जनाविरुद्ध उजुरी
बुधबार, ०३ पुस २०८१, १५ : १३

काठमाडौँ । नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । पछिल्लो चार महिनाको अवधिमा सो सङ्ख्याका उनीहरूले जागिरबाट राजीनामा दिएका हुन् ।
प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले २०८१ साउनपछि ५०९ जना प्रहरी कर्मचारीले सङ्गठनबाट राजीनामा दिएको बताउँदै २०८१ साउनदेखि कार्तिकसम्म ११ सय १५ जना विरुद्ध विभिन्न उजुरी परेको समेत जानकारी दिए । उनले भने, ‘तीमध्ये ७ सय ६८ वटा उजुरी फर्स्योट भएको छ, अन्य उजुरी उपर छानबिन हुँदै छ ।’
गएको वर्ष सोही अवधिमा १२ सय ८२ वटा उजुरी परेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा प्रहरी कर्मचारीहरू विद्धको उजुरी सङ्ख्या घटेको एसएसपी अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन