समाचार
चार महिनामा ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा
११ सय १५ जनाविरुद्ध उजुरी
बुधबार, ०३ पुस २०८१, १५ : १३
काठमाडौँ । नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । पछिल्लो चार महिनाको अवधिमा सो सङ्ख्याका उनीहरूले जागिरबाट राजीनामा दिएका हुन् ।
प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले २०८१ साउनपछि ५०९ जना प्रहरी कर्मचारीले सङ्गठनबाट राजीनामा दिएको बताउँदै २०८१ साउनदेखि कार्तिकसम्म ११ सय १५ जना विरुद्ध विभिन्न उजुरी परेको समेत जानकारी दिए । उनले भने, ‘तीमध्ये ७ सय ६८ वटा उजुरी फर्स्योट भएको छ, अन्य उजुरी उपर छानबिन हुँदै छ ।’
गएको वर्ष सोही अवधिमा १२ सय ८२ वटा उजुरी परेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा प्रहरी कर्मचारीहरू विद्धको उजुरी सङ्ख्या घटेको एसएसपी अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण