दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसार्ईंंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट उच्च अदालत विराटनगर इलाम इजलासले खारेज गरेको छ ।
बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । उक्त रिटको अन्तिम सुनुवाइ गर्दै इलाम इजलासका मुख्यन्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले मंगलबार रिट खारेज गरेको हो ।
कुमारी बैंकको शाखा कार्यालय बिर्तामोडसहित चार वटा बैंकलाई प्रतिवादी बनाएर प्रसाईंले २०८० असार ८ गते निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । यो रिटमा इलाम इजलासले २०८० असार १० गते कारण देखाऊ आदेश जारी गरेको थियो । १८ पटक पेशी चढेको यो रिटको सुनुवाइ ९ पटक स्थगित भएको थियो । कुमारी बैंकको बिर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैंकलाई ऋण असुल गर्ने बाटो खुलेको छ ।
प्रसाईंको अभियानका कारण ग्रामीण क्षेत्रमा काम गरिरहेका लघुवित्त वित्तीय संस्थाको लगानी र ऋण असुली प्रभावित हुँदै आएको थियो । वित्तीय संस्थाविरुद्ध गतिविधि गर्नका लागि प्रसाईंले समूह नै तयार गरेका थिए । आफ्नै अस्पतालका लागि लिएको ऋणको असुली रोक्नका लागि भने उनी अदालत पुगेका थिए ।
‘रिट निवेदकले विपक्षी बैंक उपर यसै निवेदनलाई उल्लेखित ऋण कर्जाको विषयलाई लिएर करारको यथावत् परिपालन गराइ पाउ भनि मुद्दा दायर गरी साधारण क्षेत्राधिकार अन्तरगत कानुनी उपचारको प्रक्रिया अवलम्बन गरिसकेको देखिएको,’ रिट खारेज गर्दै अदालतको राय किताबमा भनिएको छ,‘....मिति २०८०–१– १० को पत्रको प्रयोजन नै समाप्त भइसकेको देखिएको समेतबाट प्रस्तुत निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने विद्यमान अवस्था देखिएन ।’ पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि प्रसाईंले चारवटा बैंकबाट २ अर्बभन्दा बढी ऋण लिएका छन् । प्रसाईंलाई बिएन्डसी मेडिकल कलेज सञ्चालनका लागि गत चैतमा सर्वोच्च अदालतले बाटो खोलिदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण