मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
बुधबार, ०३ पुस २०८१, २१ : १४
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा डा जितु उपाध्याय नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको टीकापुर नगरपालिका–१ निवासी उपाध्यायलाई यही पुस महिनादेखि लागू हुनेगरी राजनीतिक सल्लाहकारमा नियुक्त गर्नुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयाग खनालले जानकारी दिए ।
अछाममा जन्मिएका ३९ वर्षीय डा.उपाध्यायले दक्षिण कोरियाको विश्वविद्यालयबाट ‘फुड साइन्स र टेक्नोलोजी’ विषयमा पिएचडी (विद्यावारिधि) गरेका छन् । प्रवासमा रहेर उनी अध्ययन, अध्यापन, अनुसन्धान सँगै राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण