मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
बुधबार, ०३ पुस २०८१, २१ : १४

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा डा जितु उपाध्याय नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको टीकापुर नगरपालिका–१ निवासी उपाध्यायलाई यही पुस महिनादेखि लागू हुनेगरी राजनीतिक सल्लाहकारमा नियुक्त गर्नुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयाग खनालले जानकारी दिए ।
अछाममा जन्मिएका ३९ वर्षीय डा.उपाध्यायले दक्षिण कोरियाको विश्वविद्यालयबाट ‘फुड साइन्स र टेक्नोलोजी’ विषयमा पिएचडी (विद्यावारिधि) गरेका छन् । प्रवासमा रहेर उनी अध्ययन, अध्यापन, अनुसन्धान सँगै राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल