‘पूर्णबहादुरको सारङ्गी’को अर्को कीर्तिमान, ३८ हलमा ५१ दिन
शुक्रबार, ०५ पुस २०८१, ०८ : ०९
काठमाडौँ । व्यवसायमा कीर्तिमान रच्न सफल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनको ५१ दिनमा प्रवेश गरेको छ । फिल्म आज शुक्रबारबाट ५१ दिनमा प्रवेश गरेको हो । फिल्मले देशभर गरेर ३८ हलमा प्रदर्शनको ५१ दिनमा प्रवेश गरेको वितरक करण श्रेष्ठले बताए । यति धेरै हलमा फिल्मले प्रदर्शनको ५१ दिन पार गरेको यो पहिलो भएको श्रेष्ठको भनाई छ ।
फिल्मले ४७ दिनसम्म देशव्यापी ४९ करोडको ग्रस कमाएको थियो । अहिले कति पुग्यो त्यो हिसाब शुक्रबार सार्वजनिक गर्ने तयारीमा वितरकको छ ।
सरोज पौडेल निर्देशित फिल्म बाबुछोराको कथामा निर्माण भएको हो । फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपुत र बालकलाकार स्वयं केसीको मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण