झापा कप : चर्च ब्वाइज क्लब फाइनलमा
शुक्रबार, ०५ पुस २०८१, १९ : ५२
झापा । चर्च ब्वाइज युनाइटेड क्लब बिर्तामोडमा जारी झापा कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनलमा सिरहाको सहलेश युवा क्लबमाथि १–० को कठिन जित निकाल्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिता प्रारम्भ भएको ८१ औँ मिनेटमा विदेशी खेलाडी अर्मन्डको गोलले चर्च ब्वाइजका लागि गोल गरेका हुन् । चर्च ब्वाइजले खेल अवधिभर सहलेशको कडा दबाब झेलेको थियो । विपक्षी पोस्टमा आक्रमण गर्न नसके पनि खेलको अन्तिमतिर चर्च गोल गर्न सफल भएको हो ।
प्रतियोगितामा ‘प्लेयर अफ दी म्याच’ चर्च ब्वाइजका गोलकर्ता अर्मन्ड घोषित भएर नगद रु १० हजार पुरस्कार प्राप्त गरेका छन् । शनिबार सेमिफाइनल खेल सुनसरीको राष्ट्रिय जागृति क्लब र काठमाडौँको एनआरटी क्लबबिच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण