दरवाङ–बिम–दिच्याम सडक आयोजना सुरू
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक आयोजना निर्माण सुरू भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ–बिम–दिच्याम सडकअन्तर्गत खारा–बिम–डाँडागाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो ।
गत असारमा रू ११ करोड १९ लाख ९० हजारमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रालिले यसै महिनादेखि सडक स्तरोन्न्तिका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए ।
ठेक्काको अवधि दुई वर्षको रहेको छ ।
विसं २०६७ मा तत्कालीन जिविस, बिम गाविस र स्थानीयवासीको चन्दा सङ्कलनबाट बिम जोड्ने करिब सात किलोमिटर सडक निर्माण भएको थियो । हाल तीन दशमलव पाँचदेखि पाँच मिटर फराकिलो सडकलाई सात मिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान, ग्राभेल र कालोपत्र गरिने भएको छ ।
दरवाङदेखि खारासम्मको सडकमा म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाका धेरै तौलका सामान बोक्ने सवारीसाधन गुड्ने र क्षति पुग्ने भएकाले खारादेखि बिम तल्लो गाउँ हुँदै डाँडागाउँसम्मको खण्डमा स्तरोन्नतिको आयोजना सञ्चालन गरिएको म्याग्दी १ (२) बाट निर्वाचित रेशमबहादुुर जुग्जालीले बताए ।
जुुग्जालीले गत वर्ष गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा रू चार करोड बजेट विनियोजन गरेर बहुुवर्षीय ठेक्का लगाउन रू २० करोडको बजेटको स्रोत सुुनिश्चितता भएको थियो । चालु आर्थिक वर्षमा भने रू एक करोड ५० लाख मात्र विनियोजन भएको छ ।
यो सडकबाट मालिका गाउँपालिका–७ को साविक बिम गाविस, धौलागिरि गाउँपालिकाको वडा नं ५ मल्कवाङ र ६ मराङ तथा मालिका गाउँपालिका–६ दिच्यामका बासिन्दा लाभान्वित हुुनेछन् ।
धार्मिक पर्यटकीयस्थल मालिका धुरी, प्रभुचेला, बिम बराह ताल घुुम्न तथा दर्शन गर्न जाने पर्यटक एवं भक्तजनलाई सहज हुुनेछ । सुुन्तला, आलुलगायत कृषिउपज बिक्री, आवतजावतमा सहज बनाउन र बसाइँसराइ कम गर्न सहयोग पुुग्ने अपेक्षा गरिएको खाराका बासिन्दा बुुद्धिबहादुर जुग्जालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपकै अग्लो शिखर रुसको माउन्ट एल्ब्रुसमा पाँच पर्वतारोहीको मृत्यु
-
विद्युत् बक्यौता असुल्न सरकारलाई कसले रोक्यो ?
-
लमजुङमा धन्सारमाथि पहिरो खस्दा चार जना घाइते
-
पुरुषहरूमा पिसाब चुहिने समस्या कुन रोगको सङ्केत हो ?
-
सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो
-
काँकरभिट्टाबाट गत आर्थिक वर्षमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण