हिट फिल्म ‘परदेशी २’ अब ओटीटीमा
आइतबार, ०७ पुस २०८१, ११ : २०
काठमाडौँ । नारायण रायमाझी निर्देशित गत वर्षको हिट फिल्म ‘परदेशी २’ ओटिटी प्लेटफर्म ‘एमएसएम भिडियो’ मा रिलिज हुने भएको छ । निर्देशक नारायण रायमाझीले फिल्म सोमबारबाट ‘एमएसएम भिडियो’ मा रिलिज हुने जानकारी दिए ।
उनले संसारभर छरिएर रहेका दर्शकले सहज रुपमा हेर्न पाउन् भनेर ओटीटीमा ल्याएको जानकारी दिए । अभिनेता प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा शिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय फिल्ममा छ ।
राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको फिल्मको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । फिल्मले युवापुस्तामा रहेको विदेश मोहको कथा विषयवस्तु बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण