सोमबारका लागि बोलाइयो लेखा समिति बैठक
आइतबार, ०७ पुस २०८१, १४ : ४४
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक सोमबारका लागि बोलाइएको छ । समिति सचिवालयले दिएको जानकारी अनुसार सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
समितिको पछिल्लो बैठक भदौ ९ मा बसेको थियो । उक्त बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा चर्काचर्की परेको थियो । समिति सभापति ऋषिकेश पोखरेल घिसिङलाई कारबाही गर्नुपर्ने पक्षमा उभिएको भन्दै सांसदहरूले विरोध गरेका थिए ।
त्यसयता बैठक बस्न सकेको थिएन । एक समिति सदस्यका अनुसार लामो समय बैठक नबसेको भन्दै विरोध भएपछि सोमबारका लागि बैठक बोलाइएको हो ।
‘विषय महालेखाको प्रतिवेदन हुनसक्छ । त्यसबाहेक सांसदहरूले अन्य एजेन्डा पक्कै राख्नुहुन्छ‚’ ती सदस्य भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण