सोमबारका लागि बोलाइयो लेखा समिति बैठक
आइतबार, ०७ पुस २०८१, १४ : ४४

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक सोमबारका लागि बोलाइएको छ । समिति सचिवालयले दिएको जानकारी अनुसार सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
समितिको पछिल्लो बैठक भदौ ९ मा बसेको थियो । उक्त बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा चर्काचर्की परेको थियो । समिति सभापति ऋषिकेश पोखरेल घिसिङलाई कारबाही गर्नुपर्ने पक्षमा उभिएको भन्दै सांसदहरूले विरोध गरेका थिए ।
त्यसयता बैठक बस्न सकेको थिएन । एक समिति सदस्यका अनुसार लामो समय बैठक नबसेको भन्दै विरोध भएपछि सोमबारका लागि बैठक बोलाइएको हो ।
‘विषय महालेखाको प्रतिवेदन हुनसक्छ । त्यसबाहेक सांसदहरूले अन्य एजेन्डा पक्कै राख्नुहुन्छ‚’ ती सदस्य भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखलाई घाटा
-
कहिले सञ्चालनमा आउँछ धरानको स्मार्ट बसपार्क ?
-
आईपीएल क्रिकेट : चेन्नईविरुद्ध दुई रनको जित निकाल्दै आरसीबी शीर्ष स्थानमा
-
इटालियन सिरी’एमा इन्टरले नापोलीसँग घटायो अंकदुरी