सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल भएको छ । आइतबार सिंहदरबारमा बसेको बैठकमा उक्त विधेयकमाथि संशोधनकर्तासँग छलफल गरेपछि दफावार छलफल भएको हो ।
छलफलका क्रममा सांसदहरूले चल, अचल र अमूर्त सम्पत्तिलाई समेत धितो सम्पत्तिको रूपमा राख्ने व्यवस्थालाई विधेयकमा स्पष्टताका साथ उल्लेख गर्नुपर्ने बताएका थिए ।
बैठकमा सांसद वर्षमान पुनले शैक्षिक प्रमाणपत्रका आधार बैंकबाट ऋण लिन सक्ने व्यवस्थामाथि थप छलफल गर्नुपर्ने बताए । उनले समाजवाद उन्मुख भन्ने शब्द संविधानमा नै रहेकाले सबै विधेयकमा राख्न आवश्यक नरहेको धारणा राखे ।
त्यस्तै सांसद डा प्रकाशशरण महतले शैक्षिक प्रमाणपत्रका आधार बैंकले ऋण दिने व्यवस्था कानुनमा नै उल्लेख गर्नु उचित नभएको बताए ।
त्यस्तै सांसद पदम गिरिले शैक्षिक प्रमाणपत्र र सीपको प्रमाणपत्रलाई चल सम्पत्तिको रूपमा व्याख्या गर्ने प्रस्ताव राम्रो भएपनि कानुनमा नै त्यस्तो व्यवस्था भएपछि ऋण असुल नहुने अवस्थामा थप कठिनाइ आउन सक्ने जिकिर गरे ।
उक्त विधेयकमा ६ जना सांसदको संशोधन प्रस्ताव परेको थियो । अर्थ मन्त्रालयले २०८० साल फागुन ४ गते उक्त विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो । विधेयकले घर, जग्गाबाहेक अन्य चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने गरी व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण