पोखरामा यःमरी मेला हुने
आइतबार, ०७ पुस २०८१, १६ : ०९
पोखरा । पोखरामा यःमरी मेला हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा पोखराको पुरानो नेवार बस्तीमा पुस १३ गते मेला गर्न लागिएको हो ।
तत्कालीन समयमा राजा सिद्दीनारायण शाहले पोखरामा नेवार बस्ती बसाएका थिए । नेवार समुदायको महत्त्वपूर्ण खानाको रूपमा रहेको यःमरीको मेला गर्न लागिएको हो ।
‘नेवाः संस्कृतिको पहिचानलाई जगेर्ना गर्दै आन्तरिक पर्यटन संरक्षणसँग जोड्न मेला आयोजना गर्न लागेका हौँ,’ वडाध्यक्ष देवकृष्ण पराजुलीले भने, ‘सुन्दा यःमरीलाई नेवार समुदायसँग जोडिन्छ । तर हामीले साझा चाडको रूपमा मनाउन लागेका हौँ ।’
योमरी विशेष चामलको पिठोबाट बनाइएको परिकार हो । विभिन्न आकृतिमा भित्र चाकु, खुवा राखेर यःमरी बनाइन्छ । खासगरी जाडो महिनामा चिसोबाट बच्नको लागि यःमरी खाने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण