साई स्वागत सहकारी प्रकरण
भरत जंगमलाई ५ दिन हिरासतमा राख्न म्याद, कोषाध्यक्ष पनि पक्राउ
आइतबार, ०७ पुस २०८१, १९ : ०५
काठमाडौँ । साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका भरत जंगमलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सहकारीको निक्षेप अपचलन आरोपमा साई स्वागतका कोषाध्यक्ष लुमन दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु दुवैजनालाई बिजुली बजारबाट पक्राउ गरेर अदालतबाट म्याद लिइएको काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । अदालतले दाहाललाई पनि ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।
जंगम सो सहकारीको पूर्वअध्यक्ष हुन् । सुरुमा काठमाडौँ–१० मा कार्यालय रहेको सो सहकारीको कार्यालय हाल बाँसबारीमा सारिएको छ । साई स्वागतको निवर्तमान उपाध्यक्ष निकिता पौडेल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण