सहकारी ठगी प्रकरण
रवि निलम्बनको पत्र संसद् सचिवालयमा पुग्यो
आइतबार, ०७ पुस २०८१, १९ : ४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेको निलम्बनको पत्र संसद् सचिवालयमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको चिठी संघीय संसद् सचिवालयमा आइतबार आइपुगेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । लामिछानेको निलम्बनबारे सोमबार प्रक्रिया अघि बढ्ने उनले बताए ।
सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै प्रहरीले निलम्बनको माग गरेको हो ।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गरेर जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण