सहकारी ठगी प्रकरण
लामिछानेको निलम्बनको विषयमा सभामुख घिमिरे छलफलमा
सोमबार, ०८ पुस २०८१, ११ : ३२
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धिकरणको कसुरमा समेत अभियोग दर्ता भएपछि उनको सांसद पद के हुन्छ भने चासो छ ।
यही विषयमा सभामुख देवराज घिमिरे अहिले आफ्नै कार्यकक्ष सिंहदरबारमा छलफलमा रहेका छन् । छलफल पश्चात् उनी सांसद पदमा नरहेको सूचना टाँस्ने वा नटास्ने भन्ने टुङ्गोमा सभामुख पुग्ने बताइएको छ । सङ्घीय संसद् सचिवालयका एक अधिकारीले दिएको जानकारी अनुसार केही बेरमै सभामुखबाट जानकारी आउने छ ।
लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको जानकारी पत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई आइतबार साँझ नै पठाइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण