एकताबद्ध भएर जानुको विकल्प छैन : सिटौला
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी एकताबद्ध भएर जानुको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौँ महानगर स्तरीय भेलालाई सम्बोधन गर्दै सिटौलाले देश र जनताको विकासका लागि पार्टीभित्रको मतभेद अन्त्य गर्दै एकताबद्ध भएर जानुको विकल्प नरहेको बताएका हुन् ।
कांग्रेसको नेतृत्वले मात्रै मुलुकमा देखिएका अर्थतन्त्र लगायतका समस्या समाधान गर्न सक्ने उनले बताए । सिटौलाले व्यक्तिगत नभई जनताको स्वार्थसिद्ध गर्नका लागि पार्टीमा आबद्ध भएकाले यसबारे गहन भएर सोच्न कार्यकर्तालाई सुझाव दिए । गएको निर्वाचनमा अन्य दलहरूसँग गठबन्धन गरे पनि आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्ने भएकाले अहिलेदेखि नै त्यसको तयारी गर्नुपर्ने उनले जोड दिए ।
निर्वाचनमा उम्मेदवार चयनका लागि तल्लो तहबाटै सिफारिस गर्ने कामलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाई थियो । राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदानका बारेमा जनतालाई बुझाउन सक्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण