प्रगति विवरण मन्त्रालयमा पेस गर्न मन्त्री यादवद्वारा निर्देशन
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालय मातहतका निकायहरुलाई हालसम्मको प्रगति एवं कामको विवरण पेस गर्न निर्देशन दिएका छन् ।
आज मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा मन्त्री यादवले खानेपानीका क्षेत्रमा हाल सम्म भइरहेका कामको प्रगति विवरण तत्थ्यसहित मन्त्रालयमा पेस गर्न निर्देशन दिएका हुन्।
मन्त्री यादवले मन्त्रालय मातहतका निकायले सञ्चालन गरिरहेका आयोजनाका कामबारे जानकारी लिँदै कतिपय आयोजनाका काम तोकिएको समयमा सम्पन्न नभएको देखिएकाले त्यसको कारण लिखित रुपमा पेस गर्न समेत निर्देशन दिए । सोही क्रममा मन्त्री यादवले आफुले गरेका कामको प्रगती नागरिकले देख्ने गरी काम गर्न आग्रह गरे ।
बैठकमा मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्यसहित खानेपानी तथा ढल व्यवस्थापन विभाग, काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी), काठमाडौँ खानेपानी उपत्यका लिमिटेड (केयुकेएल), मेलम्ची खानेपानी विकास समिति, खानेपानी संस्थान, सहलगानी बोर्डका प्रमुख एवं पदाधिकारीहरुले आफ्नो कार्यालयका कामबारे जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण